Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जापानले माग्यो नेपाली कामदार, मासिक तलब २ लाख १६ हजार भन्दा बढि

जापानले माग्यो नेपाली कामदार, मासिक तलब २ लाख १६ हजार भन्दा बढि


  • 4.3K
    Shares

    जापानले माग्यो नेपाली कामदार, मासिक तलब २ लाख १६ हजार भन्दा बढि

    काठमाडौँ । जापानले नेपाली कामदारको माग गरेको छ । जापानको विभिन्न सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि १० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले मासिक तलब १ लाख ५२ हजार माथिदेखि २ लाख १६ हजार बढि पाउनेछ । खान बस्नको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले रोयल ओभरसिज नेपाल प्रालिको कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा शुल्क र हवाई टिकट निशुल्क रहेने छ । भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
     

    facebook sharing button
    twitter sharing button
    pinterest sharing button
    email sharing button
    sharethis sharing button
     

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १०:३०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij