२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सुन्य लागतमा कतारको दुई कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेकोे छ । कतारको दोहा सहरमा रहेको दुई कम्पनीले विभिन्न पदका लागि ५० जना पुरुष र १४ जना महिला गरि जम्मा ६४ जना कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३२ हजार माथिदेखि १ लाख ५६ हजार बढि पाउनेछ । इच्छुक कामदारले लाईफ लाईन ओभरसिज प्रालिको कार्यालय गोगंबु काठमाडौंमा फागुन २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij