२०८२ भाद्र १ गते आइतवार
सप्तरी । सप्तरीमा छाडा साँढे गोरुले हान्दा एक महिलाको मृत्यु भएको छ ।
सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो । सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो ।
पछाडिबाट गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजादाँ बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij