Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरियामा काम गर्ने कामदारको तलब मासिक ३ लाख २० हजार

कोरियामा काम गर्ने कामदारको तलब मासिक ३ लाख २० हजार


  • 5.5K
    Shares

    कोरियामा काम गर्ने कामदारको  तलब  मासिक ३ लाख २० हजार

    दक्षिण कोरियाको तथ्यांक विभागले कोरियामा काम गर्ने कामदारले औसतमा मासिक तीन लाख २० हजार नेपाली रुपैयाँ कमाउने गरेको उल्लेख गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा कार्यरत कामदारले औसत ३ लाख २० हजार रुपैयाँ कमाउने गरेको बताएको छ ।

    कोरियामा हाल दुई करोड ६९ लाख मानिस विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । कोरियाली राष्ट्रपति मुन जे ईनको कार्यकालको सुरुका दुई वर्ष कोरियामा कामदारको तलबमा उल्लेखनीय वृद्धि भएको थियो । सन् २०१७ मा १ लाख २६ हजार न्यूनतम तलब रहेकोमा सन् २०१८ मा एकै पटक तलब वृद्धि गरेर १ लाख ८० हजार पुर्‍याइएको थियो । विदेशी कामदारको तलब सन् २०२२ सम्म प्रतिघन्टा मान वन अर्थात् १ हजार रुपैयाँ बनाउने उनको चुनावी वाचा भने कोरोना महामारी र उद्योगीको विरोधका कारण पूरा हुन सकेन ।

    सन् २०१६ मा कामदारको औसत तलब दुई लाख ७० हजार रुपैयाँ मात्रै रहेको थियो । एक चौथाईभन्दा बढी २७.९ प्रतिशत कामदारले एक लाख ५० हजारदेखि दुई लाख ५० हजारसम्म कमाउने देखाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरियामा आएका विदेशी कामदार पनि यही समूहमा पर्छन् । त्यस्तै १७.१ प्रतिशत कामदारले दुई लाख ५० हजारदेखि तीन लाख ५० हजार रुपैयाँसम्म कमाउँछन् ।

    थोरै कमाउनेहरूको संख्या पनि उल्लेखनीय रुपमा धेरै छन् । नियमित रुपमा काम नगर्ने वर्गका कामदार यो समूहमा परेका छन् । मासिक ८५ हजारभन्दा कम कमाउनेको १३.९ प्रतिशत छन् । त्यस्तै १ लाख ५० हजारभन्दा कम कमाउनेको संख्या १०.२ प्रतिशत रहेको छ । नेपालबाट कोरियामा अध्ययनका लागि आएका विद्यार्थीहरूको कमाइ पनि यही समूहमा पर्छ ।

    मासिक १० लाख रुपैयाँ कमाउने कामदारको संख्या २.६ प्रतिशत छ भने ६ लाखदेखि १० लाख रुपैयाँसम्म कमाउने कामदारको संख्या ७.२ प्रतिशत रहेको छ । कोरियाली ठूला कम्पनीहरूले राम्रो तलब दिने गरेको पनि तथ्यांक विभागले जनाएको छ । औसतमा ठूला कम्पनीले ५ लाख ३० हजार रुपैयाँ दिने गरेको र साना तथा मझौला खाले उद्योगले २ लाख ६० हजार रुपैयाँ दिने गरेको देखिएको छ ।

    नेपालीहरूले काम गर्ने कृषि तथा पशुपालन क्षेत्रका कामदारको औसत तलब एक लाख ६३ हजार रुपैयाँ मात्रै भएको देखिन्छ । औसतमा महिला र पुरुषको तलब एक लाख २४ रुपैयाँभन्दा बढी छ । पुरुषले औसत तीन लाख ७१ हजार कमाउँछन् भने महिलाले २ लाख ४७ हजार मात्रै कमाउने गरेको देखिन्छ ।

    अहिले न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० (१ लाख ९० हजार नेपाली रुपैयाँ) वन प्राप्त भए पनि ओभर टाइम र सार्वजनिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउने गरेका छन् । यहाँका विदेशी कामदारले पनि कोरियाली कामदारले पाउनेसरह सेवा सुविधा पाउने गर्छन् । इकान्तिपुरबाट

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - १७:३४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij