Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैदेशिक रोजगार: माघ महिनामा मात्रै ५३ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार: माघ महिनामा मात्रै ५३ हजारले लिए श्रम स्वीकृति


  • 6.1K
    Shares

    वैदेशिक रोजगार: माघ महिनामा मात्रै ५३ हजारले लिए श्रम स्वीकृति

    यस वर्षको माघमा ५३ हजार ९ सय नेपालीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ। पुसमा श्रम स्वीकृति लिनेको संख्या अहिलेसम्मकै उच्च थियो। पुसमा ६६ हजार ६ सय २५ जनाले श्रम स्वीकृति लिएका थिए।

    वैदेशिक रोजगारी सहज बनाउन श्रम कार्यालयले २ माघदेखि अनलाइन सेवा शुरु गरेको थियो। सोहीअनुसार हालसम्म अनलाइनबाट ५२ हजार ९ जनाले सेवा लिएका छन्। तीमध्ये महिलाको संख्या ३ हजार ७ सय ५३ रहेको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले बताए। 

    चालू आवको साउनमा २३ हजार ३७ जनाले विदेशीन श्रम स्वीकृति लिएका थिए। कोभिडको संक्रमण घटेसँगै सो संख्या ५३ हजार पुगेको छ। यसैगरी अघिल्लो वर्षको माघमा भने १७ हजार ८ सय ८७ जनाले मात्र श्रम स्वीकृति पाएका थिए।

    गत वर्षको ७ महिनामा ६५ हजार ६ सय ४२ युवाले श्रम स्वीकृति लिएकोमा यो संख्या चालू आवको ७ महिनामा ३ लाख २१ हजार पुगेको छ। कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक करिब ४० हजार युवा वैदेशिक रोजगारीमा जाने  गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

     

     

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १७:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij