Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बाजुरामा पाँच महिनादेखि विधुत अवरुद्ध    

बाजुरामा पाँच महिनादेखि विधुत अवरुद्ध    


  • 9.0K
    Shares

    बाजुरामा पाँच महिनादेखि विधुत अवरुद्ध    

    बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविधुतको नहर पहिराले भत्काउँदा विधुत सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ ।     
         
    पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड लघु जलविधुत भदौ महिनाको २५ गते राति आएको अविरल वर्षाका कारण गएको पहिराले नहर भत्काएपछि विधुत अवरोध भएको चार महिना बितिसक्दा मर्मत नहुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य भएका छन् । पहिराले विधुतको नहर बगाएको पाँच महिना बितिसक्दा पनि नगरपालिका र विधुत सञ्चालक समितिले कुनै चासो नदेखाएको सेवाग्राहीले गुनासो गरेका छन् ।     
         
    विधुत सेवा उपयोग गर्दै आएका स्थानीयवासी अध्यारोबाट छुटकारा कहिले पाउने भन्ने बारेमा अन्योलमा छन् । अहिले पहिराले नहर नै बगाएको लामो समय भइसक्दा पनि निर्माण नगर्नु विद्युत् सञ्चालक समिति गैरजिम्मेवार बनेको वडा नं ३ का शुकवीर खड्काले बताउनुभयो ।     
         
    विधुतको नहर भन्दामाथि नगरपालिकाले काटेको सडकका कारण पटक–पटक अवरुद्ध हुँदै आएको विधुत सेवा नहरमा माटो जमेर बगाएपछि हालसम्म नहर निर्माण नगर्नु सञ्चालकको लापरवाही भएको खड्काको भनाइ छ ।     
         
    सडकले गर्दा अहिले हामीले विधुत बाल्न नपाएकोविधुत सञ्चालक समितिले जनाएको छ । पहिराले नहर नै बगाएपछि कुनै सम्भावना नभएपछि विधुत सेवा सुचारु गर्न नसकेको बड्डीगाड लघु जलविधुतका व्यवस्थापक ध्रुव रेग्मीले बताउनुभयो ।     
         
    आर्थिक अभावका कारणले विधुतको नहर बनाउन समस्या भएको व्यवस्थापक रेग्मीले जनाउनुभयो । रासस       

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - ११:३४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij