Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोना संक्रमणबाट भुटानमा एक नेपालीको मृत्यु

कोरोना संक्रमणबाट भुटानमा एक नेपालीको मृत्यु


  • 7.7K
    Shares

    कोरोना संक्रमणबाट भुटानमा एक नेपालीको मृत्यु

    काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ। भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको मृत्यु भएको हो।

    कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो । डिसेम्बर २१ मा कोरोना पोजेटिभ देखिएका उनी हस्पिटल भर्ना भएका थिए।

    भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्।

    सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ। हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :पौष २५ २०७७ शनिवार - १४:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij