Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौँमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु

काठमाडौँमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु


  • 3.5K
    Shares

    काठमाडौँमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु
    images

    काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

    गए राति आफ्नै घरमा आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो । घरमै कोइला बालेर सुतेका उनीहरूको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ ।

    बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले घटनास्थल पुगेको टोलीले थप अनुसन्धान थालेको छ ।

    केही दिनअघि भक्तपुरमा पनि घरभित्रै आगो बालेर सुतेका दम्पती गम्भीर बिरामी पर्दा ३ महिनाका छोराको निसास्सिएर मृत्यु भएको थियो ।

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १०:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij