Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमण ८ हजार ४५४ सङ्क्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमण ८ हजार ४५४ सङ्क्रमण, ५ जनाको मृत्यु


  • 3.6K
    Shares

    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना  सङ्क्रमण ८ हजार ४५४ सङ्क्रमण, ५ जनाको मृत्यु
    images

    काठमाडौँ । अरू दिनहरूको तुलनामा बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम देखिएको छ ।

    पछिल्लो अवधिमा कूल पिसिआर परीक्षण गराएका मध्ये ४१ दशमलव ११ प्रतिशतको मात्र रिपोर्ट पोजेटिभ आएको छ । केही दिनअघि यो दर ५० प्रतिशत भन्दा माथि थियो ।

    आज १३ हजार ५४९ जनाको पिसिआर परीक्षणबाट ५ हजार ५७१ र ६ हजार ८१० जना एण्टिजेन परीक्षणबाट २ हजार ८८३ गरी कूल ८ हजार ४५४ जनामा सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जनाको निधन भएको छ भने ठूलो सङ्ख्यामा सङ्क्रमितहरू निको भएका छन् ।

    आज ४ हजार ४३३ जना निको भएका हुन् । नेपालमा तेस्रो लहरको सङ्क्रमण देखा परेयता आज निको हुनेको सङ्ख्या सर्वाधिक हो ।

    अहिले देशका विभिन्न जिल्लाहरूमा ९८० हजार ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १६:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij