Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरमा अत्‍यावश्‍यकबाहेकका सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरमा अत्‍यावश्‍यकबाहेकका सेवा बन्द


  • 2.9K
    Shares

    कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरमा अत्‍यावश्‍यकबाहेकका सेवा बन्द
    images

    पोखरा । कर्मचारीमा कोरोना सङ्क्रमण देखिँदै गएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ।

    महानगरले आज (बुधबार) एक सूचना जारी गरी सरसफाइ, स्वास्थ्यलगायत अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।

    यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीले कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चित कालका लागि बन्द गरिसकेको छ ।

    कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ । मंगलबारसम्म कास्कीमा ३ हजार २५० सक्रिय सङ्क्रमित छन् । जसमध्ये ८० प्रतिशतभन्दा बढी पोखरा महानगरका मात्रै छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका सक्रिय सङ्क्रमितमध्ये १ सय ५५ जना स्वास्थ्यकर्मी छन् ।

    pokhara.jpg

     

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १६:२२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij