२०८२ मंसिर ६ गते शनिवार
जनकपुर । सीके राउतको जनमत पार्टीका कार्यकर्ताले डाक्टरमाथि आक्रमण गरेका छन् । किसान आन्दोलनको नाममा केही दिनदेखि मधेसमा प्रदर्शन गरिरहेका राउत समूहका कार्यकर्ताले जनकपुरमा डाक्टरमाथि आक्रमण गरेका हुन् ।
महोत्तरीको जलेश्वर अस्पतालका मेसु डा.सतिस साहमाथि जनकपुरको पीडारी चोकमा आक्रमण भएको हो । मेसु साह प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै हुनुहुन्थ्यो । आक्रमणमा परी घाइते हुनुभएका मेसु साहको मुखमा ८ वटा टाँका लगाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij