Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष श्री धनिराम शर्माद्धारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष श्री धनिराम शर्माद्धारा शपथ ग्रहण


  • 10.2K
    Shares

    राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष श्री धनिराम शर्माद्धारा शपथ ग्रहण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष श्री धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

    बैंक संचालक समितिको बिहिबार बसेको बैठकले श्री धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष श्री धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुनुहुन्छ । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत हुनुहुन्थ्यो । 

    शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय श्री चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १६:५९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij