Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु


  • 2.7K
    Shares

    भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
    images

    बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षका पुरुष र कालीकोटका १६ वर्षका किशोर रहेका अस्पतालले जनाएको छ ।

    माघ १० गते अस्पतालमा भर्ना भएका ७१ वर्षका पुरुषको गएराति साढे ११ बजे र माघ ५ गतेबाट उपचाररत कालीकोटको शुभकालिका– ५ का १६ वर्षका किशोरको बुधबार बिहान सवा ११ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

    कालीकोटका किशोर भीरबाट खसेर घाइते भई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएका थिए ।

    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - १३:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij