२०८२ माघ ७ गते बुधवार
गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णयमा संशोधन गरेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर सरकारी कामको सिलसिलामा जानुपर्ने सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाका प्रतिनिधि भिजिट भिसामा जान सक्ने बताएको छ ।
यस्तै, नेपालमा सामान आयात निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि र खाडी राष्ट्रबाहेक अन्य दुई देशका पर्यटक भिसामा भ्रमण गरिसकेकाले पनि भिजिट भिसामा जान पाउनेछन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij