२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ ३५ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी प्रदेशको मन्त्रालय तथा स्थानी तहमा पदपूर्तिका लागि विज्ञापन गरेको हो ।
पदपूर्तितर्फ सबैभन्दा धेरै १७ जना मेडिकल अधिकृत माग गरिएको छ। नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल एन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायत पदमा आवेदन खुल्ला गरेको हो ।
आन्तरिक कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा तर्फ २ जनाका लागि आवेदन खोलिएको छ । त्यसैगरी आन्तरिक प्रतिस्पर्धातर्फ ७ स्वास्थ्यकर्मीका लागि आवेदन खोलिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij