२०८२ भाद्र १९ गते बिहिवार
वासिंटन । अमेरिकाको राजधानी वासिङटन डिसीमा थप १५ दिनका लागि सार्वजनिक आपत्काल जारी हुने बताएका छन् ।
मेयर म्युरिअल बोसरले भनेका छन्, “धेरै मानिस यहाँ हतियारसहित हिंसामा संलग्न हुन र विनाशकारी गतिविधिका लागि आइरहेका छन् । उनीहरुले केमिकलदेखि इँटा, बोतल, बन्दुक सबै फालिरहेका छन् । र तिनको लक्ष्य अझै यसलाई जारी राख्नेछ । ”
यो आपत्काल घोषणापछि सहरभरिका बासिन्दाको सुरक्षाका लागि थप स्रोत-साधन र सेना खटाइने संकेत देखिएको छ । जसमा कर्फ्यु पनि जारी रहनेछ भने अतिआवश्यक उपभोग्य वस्तुहरु वितरण गर्नेलगायत आपत्कालीन कार्यको तयारी पनि गरिनेछ ।
यो आदेश आगामी जनवरी २१, बाइडेनको ह्वाइट हाउस प्रवेश कार्यक्रमको भोलिपल्ट, दिउँसो ३ बजेसम्म जारी रहनेछ । सहरमा अहिले पनि कर्फ्यु जारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij