२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । गणपति माइक्रोफाइनान्सले शेयरधनीलाई बोनस वितरण गर्ने घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस वितरण गर्ने भएको हो ।
पुस २२ गते सम्पन्न सञ्चालक समितिको ७६ औं बैठकले बोनस शेयर र कर प्रयोजनको लागि समेत ०।७९ प्रतिशत नगद गरि कुल १५।७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।
कम्पनीको चुक्ता पूँजी अहिले ११ करोड ७ लाख ४५ हजार रहेको छ । साथै उक्त प्रस्तावित १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँ बराबरको बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ पुग्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij