२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ११.०७ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ५७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
त्यस्तै, आज ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा समूह घटेका छन् भने अन्य १० वटा समूह बढेका छन् ।
आज ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij