Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

श्रमिक भर्ना प्रक्रिया खोल्ने मलेसियाको तयारी

श्रमिक भर्ना प्रक्रिया खोल्ने मलेसियाको तयारी


  • 7.3K
    Shares

    श्रमिक भर्ना प्रक्रिया खोल्ने मलेसियाको तयारी

    मलेसियाले नेपाललगायत मुलुकबाट श्रमिक भर्ना गर्न चाँडै आवेदन खुला गर्ने तयारी गरेको छ। मलेसियाका मानव संशाधनमन्त्री सेरी साराभनानले मंगलबार दिएको जानकारीअनुसार नेपालसहित विभिन्न स्रोत देशबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गरिने भएको हो। 

    ‘निकट भविष्यमै रोजगारदाताहरूले स्रोत देशबाट श्रमिक भर्ना गर्न अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाएको छु’, विज्ञप्ति मार्फत उनले भनेका छन्, ‘रोजगारदाताले आवेदन दिन बिचौलिया वा तेस्रो पक्षलाई पैसा नदिन अनुरोध गर्छु।’

    त्यस्तो आवेदन लिने प्रक्रिया डेढ वर्षदेखि अवरुद्ध छ। मलेसियाले नेपालबाट पनि २०७६ चैत पहिलो सातादेखि श्रमिक भर्ना गरेको छैन।

    विदेशबाट श्रमिक भर्ना गर्न रोजगारदाताले मानव संशाधन मन्त्रालयबाट अनुमति पाएपछि मात्रै म्यानपावर कम्पनीका लागि मागपत्र बनाउन पाउँछन्। कुन देशबाट कति जना श्रमिक ल्याउने भन्ने निश्चित गर्न रोजगारदाताले त्यहाँको मन्त्रालयबाट अनुमति लिनुपर्छ। 

    अहिले मलेसिया पुगेपछि ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ। यस्तै श्रमिक मलेसिया प्रस्थान गर्दा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्न पाउनेछन्। श्रमिक जाँदा लाग्ने सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था छ। 

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - १३:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij