Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

धनलाल जैसीको अध्यक्षतामा नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंच गठन

धनलाल जैसीको अध्यक्षतामा नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंच गठन


  • 5.6K
    Shares

    धनलाल जैसीको अध्यक्षतामा नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंच गठन

    काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंचको नया नेतृत्व चयन भएको छ । काठमाडौंमा सम्पन्न अधिवेशनले धनलाल जैसीको नेतृत्वमा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

    अध्यक्ष जैसी लामो समयदेखि बैदेशिक रोजगारको क्षेत्रमा अनुभव बटुल्नु भएका व्यक्ति हुनुहुन्छ । उहाँ कान्तिपुर मेनपावर सर्भिस प्रा.लि.का संचालक समेत हुनुहुन्छ ।

    अधिवेशनले मंचको महासचिवमा युवा ब्यबसायी, नेकपा माओवादी केन्द्रको श्रम तथा रोजगार विभागका केन्द्रीय सदस्य कुन्छा दोर्जे डिम्डोङ तामाङ चयन हुनुभएको छ । महासचिव तामाङ आकृति रिक्रुटिंग प्रा।लि।का संचालक हुनुहुन्छ । अधिवेशनमा कार्यक्रममा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पार्टीको श्रम तथा रोजगार बिभागका ईन्चार्ज रामेश्वर राय यादवको प्रमुख अतिथ्यता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रवास कमिटीका सह ईन्चार्ज तथा नेपाल बैदेशिक रोजगार गणतान्त्रिक मंचका ईन्चार्ज लक्ष्मण पन्तको विशेष आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

    यस्तै मंचको संरक्षकहरुमा शुक्रबार सम्पन्न अधिवेशनले मंचका संस्थापक अध्यक्ष दिल प्रसाद पोखरेल, पूर्व अध्यक्ष रामप्रसाद भान्तना र नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका पूर्व अध्यक्ष प्रेम कटुवाललाई चयन गरिएको छ ।

    अधिवेशनले मंचको सल्लाहकारमा संघका पूर्व सचिव एवं अक्सफोर्ड ईण्टरनेशनल प्रा.लि.का संचालक ईश्वर जिसी र कानुनी सल्लाहकारमा अधिवक्ता देवराज कटुवाल हुनुहुन्छ ।

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १६:२१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij