Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

२०औं संस्करणको आहा रारा गोल्डकप माघ ६ गतेदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

२०औं संस्करणको आहा रारा गोल्डकप माघ ६ गतेदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने


  • 6.8K
    Shares

    • images
    २०औं संस्करणको आहा रारा गोल्डकप माघ ६ गतेदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने
    images

    २०औं संस्करणको आहा रारा गोल्डकप ६ माघदेखि सुरु हुने भएको छ । मोफसलको उत्कृष्टमध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

    संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ। क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ ।

    सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता १५ माघसम्म सञ्चालन हुने अध्यक्ष सुरज गुरुङले जानकारी दिए । क्लबले फुटबल टुर्नामेन्ट गरेरै एकेडमी सञ्चालन गर्दै आएको छ ।

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १२:२४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij