Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब यूएईमा हप्ताको दुई दिन सार्वजनिक बिदा

अब यूएईमा हप्ताको दुई दिन सार्वजनिक बिदा


  • 6.5K
    Shares

    अब यूएईमा हप्ताको दुई दिन सार्वजनिक बिदा

    यूएईले हप्ताको दुई दिन सार्वजनिक बिदा दिन थालेको छ । २०२२ को सुरुवात सँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको गल्फ न्युजले खबर लेखेको छ । 

    अब यूएईमा हप्तामा चार दिन पूरा र एक दिन आधा कार्य समय हुनेछ । सन् २०२२ को सुरुवातसँगै यूएईका सरकारी कार्यालय र स्कुलहरूमा यो नियम लागू भइसकेको छ  । तर यूएईको सारजहाँ राज्यले भने शुक्रबार पनि पूरा दिन नै बिदा दिने निर्णय गरेको छ । सारजहाँमा यो नियम सरकारी कर्मचारी र विद्यार्थीहरूका लागि लागू हुने छ ।

    अन्य राज्यमा भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटमा कार्य समय सुरु हुने छ भने दिउँसो १२ बजे सकिने छ । 

    यूएईका कतिपय निजी कम्पनीले भने शुक्रबार आधा दिनको बिदा नदिई शनिबार र आइतबार पूरा बिदा दिने गर्न थालेका छन् ।  कम्पनीहरूले मध्यदिनमा विश्रामको समय दिने र त्यो समयमा कामदारले प्रार्थना सहभागी हुन सक्ने बताएका छन् । 

    यूएई सरकारले यसबाट श्रमिकलाई राम्रो कार्य जीवन दिने र उत्पादकत्व बढाउने विश्वास लिएको छ ।

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १५:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij