Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शून्य लागतमा जोर्डनले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

शून्य लागतमा जोर्डनले माग्यो नेपाली कामदार, मासिक तलब कति ?


  • 5.6K
    Shares

    शून्य लागतमा जोर्डनले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

    शून्य लागतमा जोर्डनको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ। jordan union for agricultural and zoolocical investments कम्पनीले ५० जना पुरुष नेपाली कामदारको माग गरेको हो। 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब खान बस्नसहित ४१ हजार माथि पाउनेछ। इच्छुक कामदारले माउण्टेन ग्रुप ईन्टरनेशनल प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा पुष २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

    साथै भाषा तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिबार्य लिनु पर्ने छ । खाने, बस्नेसहित तालिम निशुल्क हुने छ । 

     

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १३:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij