Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इजरायल रोजगारीः नेपाली कामदार पठाउने तयारी कहाँ पुग्यो, सेवा-सुविधासम्बन्धी के कस्ता शर्त छन्?

इजरायल रोजगारीः नेपाली कामदार पठाउने तयारी कहाँ पुग्यो, सेवा-सुविधासम्बन्धी के कस्ता शर्त छन्?


  • 5.6K
    Shares

    इजरायल रोजगारीः नेपाली कामदार पठाउने तयारी कहाँ पुग्यो, सेवा-सुविधासम्बन्धी के कस्ता शर्त छन्?

    नेपाली कामदारलाई इजरेल पठाउन आवश्यक तयारी तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।

    इजरायलले लैजान छनौट गरेकामध्ये आधा जतिको सम्झौतापत्र समेत आइसकेको वैदेशिक रोजगार विभागका एक निर्देशकले बीबीसीलाई बताएका छन्।

    नेपाली कामदारले आकर्षक गन्तव्यको रूपमा लिएको इजरायलमा कामका लागि १,१७५ नेपाली छनौटमा परेका छन्। छनौट गरिएकामध्ये ८२१ महिला छन् भने ३५४ जना पुरुष छन्।

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोट गर्न विभागले असोज १६ गते १,६०० जनाको सूची इजरेलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय पीआईबीएलाई पठाएको थियो।

    तीममध्ये पीआईबीएले १,१७५ जनालाई चिट्ठा प्रणालीबाट छनौट गरेको हो।

    नेपाली कामदारलाई इजरायल पठाउने तयारी कहाँ पुग्यो?

    इजरायलले लग्ने १,१७५ जना नेपाली कामदार छनौट भएको सूचना प्राप्त भएपछि हामीले सूची सार्वजनिक गर्‍यौँ।

    त्यसपछि विभिन्न कामदारको नाममा नैइजरायलको तर्फबाट सम्झौतापत्र प्राप्त भयो जसलाई स्ट्यान्डर्ड एम्प्लोयमेन्ट कन्ट्र्यान्ट एसईसी भन्छौँ। अहिलेसम्म १,१७५ जनामध्ये ५८७ जनाको एसईसी प्राप्त भएको छ।

    हामीले पटकपटक सूचना जारी गरी जसको नाममा सम्झौता आएको छ उहाँहरूलाई सम्पर्क राख्न भन्यौँ र बोलाएर सम्झौतपत्रमा हस्ताक्षर गराएका छौँ।

    तीमध्ये सबै आवश्यक कागजपत्र पूर्ण भइसकेका सम्झौतापत्रलाई हामीले नेपालस्थित इजरेली राजदूतावास अन्तर्गतको कन्सुलेट डिभिजन पठाइसकेका छौँ।

    सँगसँगै हामीले रोजगारीका सर्त र सुविधाको विवरण पनि उपलब्ध गराएका छौँ।

    सबै कामदारको टुङ्गो कहिलेसम्म लाग्छ र कहिलेदेखि इजरायल पठाउन थाल्ने हो?

    सबैको भन्दा पनि यो चरणबद्ध रूपमा जाने अवस्था छ। ज्यानुअरीको १५ तारिखदेखि इजरायल प्रस्थानको तयारी गर्नुपर्छ भन्ने हाम्रो सालाखाला योजना हो।

    यो बीचमा हामीले हवाई उडानको यकिन गर्नुपर्ने हुन्छ जसका लागि हामी प्रस्ताव मागिसकेका छौँ। आजको मितिसम्म हामीलाई भिसा प्राप्त भइसकेको छैन।

    उहाँहरूले अब चाँडै भिसा उपलब्ध गराउँछौँ भनेर भन्नुभएको छ। भिसा प्राप्त भइसकेपछि हामी कामदारहरूलाई दुई दिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनेछौँ।

    नेपालमै उहाँहरूले बीमा गर्नुपर्ने हुन्छ। त्यसपछि श्रम स्वीकृति प्रदान गर्छौँ। त्यसैबीचमा हामीले उडान तालिका तयार गर्नेछौँ र कति सङ्ख्यामा कामदारहरू इजेरल प्रस्थान गर्न सक्नुहुन्छ भनेर एअरलाइन्ससँग हामी प्रस्ताव माग्छौँ।

    पुस १६ गते हामी त्यो प्रस्ताव खोल्छौँ। त्यसले के गर्छ भने चार्टर्ड उडान भयो भने ठूलो सङ्ख्यामा अर्थात्‌ एक पटकमा कमसेकम २५० जना कामदार इजरेल जान पाउनुहुन्छ।

    ज्यानुअरीको १५ तारिखबाट शुरू गर्न हामीले भनेका छौँ त्यसपछाडि कुनै पनि मितिमा उड्न सक्नुहुन्छ। व्यावसायिक उडान भयो भने कम सङ्ख्यामा तर दैनिक रूपमा जान पाउनुहुन्छ।

    इजरायलबाट जति सङ्ख्यामा सम्झौतापत्र प्राप्त हुन्छ सोही आधारमा यहाँबाट कामदार जाने क्रम शुरू हुन्छ।

    सेवा, सुविधासम्बन्धी के कस्ता शर्त छन्?

    इजरायल जाने नेपाली कामदारले त्यहाँका हेरचाह केन्द्रमा रहेका वृद्धवृद्धा, अशक्त बिरामीलाई स्वास्थ्य, सरसफाइ, पोषण, हिँड्डुललगायत सुपरभाइजरबाट प्राप्त निर्देशन तथा रोजगार सम्झौताअनुसार सहयोग पुर्‍याउनुपर्ने हुन्छ।

    प्रत्येक २४ घण्टामा दुईदेखि तीनवटा शिफ्ट हुने आवेदनमा उल्लेख छ। मासिक पारिश्रमिकको १२.५ प्रतिशतले हुने रकम रोजगारदाताले कामदारको नाममा खोलिएको ब्याङ्क खातामा जम्मा गर्नेछ।

    इजरायलली श्रम कानूनअनुसार कामदारको मासिक पारिश्रमिकबाट रोजगारदाताबाट उपलब्ध गराइने स्वास्थ्य बिमाको प्रिमियम रकम, आवास तथा खाना खर्च, सम्पत्ति कर, पानी एवम् बिजुली महसुल र आयकर शीर्षकमा कट्टा गरिनेछ।

    इजरायल जाने कामदारले हवाई भाडा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिमसहित विभिन्न शीर्षकमा हुने एक लाख ६५ हजारभन्दा केही बढी रकम आफैँले बेहोर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

    विभागद्वारा प्रकाशित सूचनाअनुसार प्रत्येक कामदारको मासिक तलब लगभग १,६०० अमेरिकी डलर हुनेछ।कामदारले सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ भने त्यहाँको सरकारी नियम अनुसार ओभर टाइमको सुविधा हुनेछ।

    खानामा हुने खर्च तलबबाट कटाइनेछ भने रोजगार दाताले सुरक्षित र स्वच्छ आवासको व्यवस्था गर्नेछ।

    विभागका अनुसार शुरूमा करार अवधि एक वर्ष हुनेछ र करार अवधि थप गरिएमा अधिकतम अवधि पाँच वर्षसम्म हुनेछ।

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - १४:३७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij