Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कतारले माग्यो नेपाली कामदार, तलब ८२ हजार माथि

कतारले माग्यो नेपाली कामदार, तलब ८२ हजार माथि


  • 6.3K
    Shares

    कतारले माग्यो नेपाली कामदार, तलब ८२ हजार माथि

    कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको warriors sports center कम्पनीले विभिन्न पदका लागि ३ पुरुष नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब खान बस्न सहित ७२ हजार माथिदेखि ८२ हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले हेल्प ओभरसिज प्रालिको कार्यालय रिङरोड नयाँबाटो चोक ललिपुरमा पुष १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

     

    प्रकाशित मिति :पौष ११ २०७८ आइतवार - १३:०६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij