Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भक्तपुरमा १ वर्षको अवधिमा हत्या, बलात्कार तथा बहुविवाहका घटनामा वृद्धि

भक्तपुरमा १ वर्षको अवधिमा हत्या, बलात्कार तथा बहुविवाहका घटनामा वृद्धि


  • 5.6K
    Shares

    भक्तपुरमा १ वर्षको अवधिमा हत्या, बलात्कार तथा बहुविवाहका घटनामा वृद्धि
    images


    भक्तपुर। भक्तपुरमा एक वर्षको अवधिमा हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका ३ सय ६२ वटा मानव अधिकार हनन् एवं ज्यादतीका घटना भएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० भक्तपुरले उक्त तथ्यांक सार्वजनिक गरेको हो । इन्सेकले आयोजना गरेको एक वर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेकका भक्तपुरका प्रतिनिधि रमेश गिरीले घट्ना सार्वजनिक गर्दै सन् २०२१ जनवरीदेखि डिसेम्बर २४ सम्मको अवधिमा भक्तपुरमा ६ जनाको हत्या, ६ जनाको हत्या प्रयास, १७ बालिका र २४ जना महिला गरी ४१ जनामाथि बलात्कार भएको र ८ जनामाथि बलात्कारको प्रयास भएको तथ्यांक सार्वजनिक गरे ।

    यस अवधिमा गत वर्ष हत्या ८ जनाको हत्या, ३२ जना बलात्कृत र ४८ जना घरेलु हिंसाबाट पीडित भएका थिए । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनले भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रूपमा वृद्धि भएको जनाएको छ ।

    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशत हिंसा बढेको बताउँदै घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्षमुनिका बालिकाहरू बढी पीडित हुने गरेको बताउनुभयो । बहुविवाह र बालविवाहबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको र उनीहरूले आफ्नो पहिचान पाउन नसकेको बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि घरबाटै सचेत हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले कुनै पनि अपराधको मुख्य कारणमा आर्थिक पक्ष जोडिएको पाइएको र मादक पदार्थ तथा लागू पदार्थको बिक्री वितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न कठिनाई हुने धारणा व्यक्त गरे । सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेतले बालिका र एकल महिला धेरै पीडित भएको बताउँदै आफ्नै मान्छेबाट हत्या र बलात्कारका घट्ना बढेकाले समाजमा चेतना फैलाउनु आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले मानव अधिकारका घट्नाको दायरालाई फराकिलो पारेर इन्सेकले घट्ना संकलन गर्दै समस्या समाधानमा पनि पहल गर्नुपर्नेमा जोड दिए ।

     

    प्रकाशित मिति :पौष ११ २०७८ आइतवार - १२:४६:०६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij