Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दाङमा प्रहरीकै मिलेमतोमा कैदी फरार, प्रहरीसहित ४ जना पक्राउ

दाङमा प्रहरीकै मिलेमतोमा कैदी फरार, प्रहरीसहित ४ जना पक्राउ


  • 4.2K
    Shares

    दाङमा प्रहरीकै मिलेमतोमा कैदी फरार, प्रहरीसहित ४ जना पक्राउ

    दाङ । कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मिलेमतोमा भागेका छन्। राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

    घोराही कारागारका नाइके रहेका परियार शुक्रबार बिहान छालाको उपचार गर्न भन्दै प्रहरी जवान धनबहादुर चौधरीसँग लु ३ ४ प ४१० नम्बरको मोटरसाइकलमा निस्किएका थिए ।परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको एसपी काफ्लेले बताएका छन् । एसपी काफ्लेका अनुसार बिहान ११ बजे कारागारबाट निस्किएका प्रहरी जवान चौधरीले घटनाबारे दिउँसो ४ बजे मात्रै जानकारी गराएका थिए ।

    जसले गर्दा प्रहरी जवान चौधरीको मिलेमतो देखिएको भन्दै चौधरीलाई थुनामा राखेको र सहयोग गर्ने अन्य तीन जना स्थानीय नागरिकलाई पनि पक्राउ परेको एसपी काफ्लेले बताएका छन् । परियारले साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। परियारको खोजीमा डिएसपी मुकुन्द रिजालको कमाण्डमा प्रहरी परिचालन गरिएको काफ्लेले बताए।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १६:३४:२४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij