२०८२ माघ ८ गते बिहिवार
कालिकोट । विष्फोटक पदार्थसहित जिल्ला प्रहरी कार्यालय कालिकोटले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो ।
अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्रीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए। अभियुक्तलाई विष्फोटक पदार्थ ऐन सम्बन्धी कारवाही हुने जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij