२०८२ भाद्र १ गते आइतवार
बेइजिङ । चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले ओमिक्रोन संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको हो । संक्रमित व्यक्तिको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमित व्यक्तिमा सुरुमा कुनै प्रकारको लक्षण नदेखिएको बताइएको छ। पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।
पाकिस्तानमा समेत सोमबार नयाँ भेरियन्टको पहिलो केस फेला परेको थियो । बेलायतमा सोमबार नै ओमिक्रोनका संक्रमणबाट एकजनाको मृत्यु भएको थियो । ओमिक्रोनबाट मृत्यु भएको विश्वमै त्यो पहिलो घटना हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij