Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भेरी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

भेरी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु


  • 7.2K
    Shares

    भेरी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

    बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दाङ लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो ।

    स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ बाँकेका अनुसार उनको मृत्यु भएसँगै बाँकेमा संक्रमणाबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १०:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij