Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

नर्सको गल्तीले दुई बच्चालाई फाइजर खोप लगाइएपछि स्वास्थ्य अवस्था गम्भीर

नर्सको गल्तीले दुई बच्चालाई फाइजर खोप लगाइएपछि स्वास्थ्य अवस्था गम्भीर


  • 3.6K
    Shares

    नर्सको गल्तीले दुई बच्चालाई फाइजर खोप लगाइएपछि स्वास्थ्य अवस्था गम्भीर
    images

     ब्राजिलमा दुई नवजात शिशुलाई नर्सको गल्तीले कोरोना भाइरसको खोप लगाइएको छ । कोरोना भाइरसको खोप लगाइदा दुई बच्चाहरुको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गर्न परेको छ ।

    दुई महिनाकी बालिका र चार महिनाका बालकलाई डिप्थेरिया, टिटानस (खोकी), पर्टुसिस (खोकी) र हेपाटाइटिस बी विरुद्ध दिइने औषधिको सट्टा कोभिड–१९ फाइजर खोप दिइएको थियो ।

    खोप दिने नर्सलाई अस्थायी रूपमा निलम्बन गरिएको छ। यसका साथै प्रशासनिक छानबिनका लागि पनि निर्देशन दिइएको छ । दुबै बच्चाहरूलाई फाइजर भ्याक्सिनको गम्भीर असर देखिएपछि उनीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको हो । युओला मिडिया आउटलेटले आइतबार यस बारेमा जानकारी दिएको हो ।

    फाइजर खोप धेरै देशहरूमा छ वर्ष मुनिका बालबालिकाका लागि स्वीकृत गरिएको छ। ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले जुनमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि फाइजर/बायोएनटेक Covid-19 Vaccine लाई अनुमोदन ग¥यो।

    एजेन्सी 

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १३:५८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij