Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

जहाज दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु

जहाज दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु


  • 4.1K
    Shares

    जहाज दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु
    images

    अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटना हुँदा कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

    प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।

    सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो । दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।  

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १३:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij