Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा, खुमलटारमा प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता

नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा, खुमलटारमा प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता


  • 7.6K
    Shares

    नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा, खुमलटारमा प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहार लगत्तै निर्णायक कदम चाल्ने भनाई सार्वजनिक भएका छन् ।

    ओली विरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल एकवद्ध भएका छन् । ओलीले एकलौटी रुपमा पार्टी र सरकार सञ्चालन गरेको आरोप लगाउँदै उनीहरुले मोर्चा बनाएका हुन् । तर ओली भने उनीहरुले लगाएको आरोपको खण्डन गर्दै आएका छन् ।

    प्रचण्डले निर्णायक कदम चाल्ने कुरा बाहिर आएपछि ओलीले मंगलवार विहानै आफ्ना विश्वस्त नेता महासचिव विष्णु पौडेललाई प्रचण्ड निवास खुमलटार पठाएका छन् । सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले झनै हलचल गराएको छ । ओलीले त्यसको जवाफ पनि लिखित रुपमै दिएका छन् ।

    दाहालको प्रस्ताव सार्वजनिक भएसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । 

    महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गरेका छन् ओली बुधबार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतहरुमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दवाव दिइरहेको बुझिएको छ ।

    प्रकाशित मिति :मंसिर २ २०७७ मंगलवार - १४:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij