Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आजदेखि चितवन ,पर्सा,बर्दिया र अन्य राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण गणना सुरु

आजदेखि चितवन ,पर्सा,बर्दिया र अन्य राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण गणना सुरु


  • 2.6K
    Shares

    आजदेखि  चितवन ,पर्सा,बर्दिया र अन्य राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण गणना सुरु
    images

    चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ ।  चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा आज विशेष कार्यक्रमका बीच सुरु गर्न लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार यही मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गर्ने छ ।

    उहाँका अनुसार बाघ गणना सम्पन्न गर्न करिब रु चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उहाँले बताउनुभयो । उनीहरुको प्रतिव्यक्ति रु १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिए । सुरक्षित ठाउँ छनोट गरी क्याम्प खडा गर्न लगाइएको छ । तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत विषेश प्रशिक्षण दिइएको छ ।

    महानिर्देशक कँडेलका अनुसार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीहरूको उपस्थितिमा सर्वेक्षणको शुभारम्भ गरिँदै छ । सो अवसरमा वनसचिव डा पेमनारायण कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वनसचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीहरूको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिने उनले जानकारी दिए।

    बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेहरूलाई तालिम दिइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीहरुसँगै केही हात्ती गणनामा परिचालन हुनेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेका छन् । कतिपय स्थानमा शनिबार क्याम्प खडा गरेर प्राविधिकहरु बसेका छन् भने कतिपय अहिले बिहान जाँदैछन् । १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजबाट गणना थाल्ने उनले जानकारी दिए ।

    क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ सर्वेक्षण गरिने छ । चितवनमा मात्र ३६० जोडी क्यामेरा जडान गरिने छ । उहाँका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्वीर लिइने छ । दुई निकुञ्जको एउटा ब्लकमा १६ वटा क्याम्प बनाइएको छ । आधा मिटरको उचाइमा क्यामेरा राखिने छ । कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाढेर स्वचालित क्यामेरा जडान गरिने छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई÷दुई ग्रिड अर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । बाघ वरिपरि आएमा क्यामेराले तस्वीर लिने छ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।

    तस्वीर अध्ययनपछि थप चार महिनाभित्रमा नतिजा आउने छ । सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रोपटक सन् २०१३, तेस्रोपटक सन् २०१८ र अहिले चौथोपटक बाघ गणना गर्न लागिएको हो । प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हिउँदयाममा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गएपछि बाघ घाँसेमैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स अर्थात् ब्लक बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

    सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्ग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखहरूको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१  बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षणविद् विश्वस्त छन् । यस वर्ष बाघको सङ्ख्या बढेको अनुमान गरिएको छ ।  नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७८ आइतवार - १०:३९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij