Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस


  • 6.0K
    Shares

    • images
    श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस
    images

    घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।

    श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।

    उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ ।

    अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए ।

    उनीहरूले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो ।

    यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसकेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ ।

    प्रकाशित मिति :मंसिर १८ २०७८ शनिवार - १२:४६:३३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij