२०८२ भाद्र २ गते सोमवार
जाजरकोट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्रयाक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij