Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पूर्व अर्थमन्त्री पुनको स्वास्थ्यमा सुधार, केही समयपछि निको भएर नेपाल फर्कने

पूर्व अर्थमन्त्री पुनको स्वास्थ्यमा सुधार, केही समयपछि निको भएर नेपाल फर्कने


  • 3.8K
    Shares

    पूर्व अर्थमन्त्री  पुनको स्वास्थ्यमा सुधार, केही समयपछि निको भएर नेपाल फर्कने
    images

    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । 

    गत शुक्रवार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार शुरू गरिएको थियो ।

    उपचार शुरू गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । 

    नेता पुनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षणअनुसार नेता पुनलाई सताएको विश्वमै बिरलै देखिने जण्डिस ९बिलरुविन०को मात्रा समेत घटेर १८ मा झरेको छ । 

    यसअघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ । 

    उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएको नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए । 

    ‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन, खान थाल्नु भएको, सबैसँग कुरा गर्न थाल्नुभयो अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरामुक्त रहेको र छिट्टै नेपाल फर्कनु हुन्छ भनेका रहेछन्,’ चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ । दिसामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो ।’ 

    नेता पुनले गएराति अध्यक्ष प्रचण्डसँग भिडियोमा कुराकानी गरेका थिए ।

    वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो । 

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १०:५०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij