Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

काठमाडौँमा ढाका वस्तुको प्रदर्शनी पुससम्म

काठमाडौँमा ढाका वस्तुको प्रदर्शनी पुससम्म


  • 3.9K
    Shares

    काठमाडौँमा ढाका वस्तुको प्रदर्शनी पुससम्म
    images

    काठमाडौँ । नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी गर्ने भएको छ । 

    ढाकाका मौलिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीमा ४० बिक्री कक्ष राखिने छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका संयोजक रमेश श्रेष्ठले परापूर्वकालदेखि नै ढाका कपडा उद्योग सञ्चालनमा रहेको बताउँदै यसबाट उत्पादित सामग्री तथा सिर्जना हुने रोजगारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख गरे । 

    उनका अनुसार प्रदर्शनीमा विभिन्न स्थानका व्यवसायीलाई यस क्षेत्रमा भएका विकास तथा समस्याबारे एकापसमा अन्तरक्र्रिया गरी प्रोत्साहन गर्ने वातावरण व्यवस्थापन गरिनेछ ।

     यस क्षेत्रका स्वदेशी उत्पादन वृद्धि गरी विदेशबाट हुने आयात न्यूनीकरण गर्ने र मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्यका साथ प्रदर्शनी राखिएको छ । मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन् । प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ । 

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १७:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij