२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ । विगत डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत उनलाई आज चीन लगिएको हो ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका पुनलाई विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसको समस्या छ ।
उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिवसमेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईँले जानकारी दिए ।
पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका पुनका साथमा धर्मपत्नी पूर्वसभामुख ओनसरी घर्ती र छोरी शिलालगायत छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij