२०८२ भाद्र १० गते मंगलवार
नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउन अलि कठिन हुने हुँदा योजना अनुसार तयारी गर्नुपर्छ । शिशु जन्माउन आफ्नो आर्थिक अवस्था, बच्चाको लालनपालनकालागि आवश्यकलगायतका कुरा मुख्य हुन्छन् ।
यससँगै कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ ।जब पुरुषको ‘शुक्रकीट’ महिलाको गर्भाशयमा रहेको अण्डसँग मेल भएर फर्टिलाइज गर्छ तब मात्र गर्भ रहन्छ ।
यसका लागि यौन सम्पर्क आवश्यक पर्दछ । गर्भधारणका लागि मिसनरी पोजिसन (महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) उपयुक्त मानिन्छ । गर्भ रहन डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन यौनसम्पर्क गर्दा सम्भावना बढी हुन्छ । डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ ।
यौनका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म रहन सक्छ । महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij