Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

 “राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास, विभिन्न खेल संरचनाको अनुगमन”

 “राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास, विभिन्न खेल संरचनाको अनुगमन”


  • 5.1K
    Shares

     “राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास, विभिन्न खेल संरचनाको अनुगमन”
    images

    नेपालगन्ज । तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक आज काठमाण्डौं फर्किदैं हुनुहुन्छ । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुग्नुभएका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त हुनुभयो । मंसिर ३ गते बेलुका नेपालगन्ज पुग्नुभएका मन्त्री अथक ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्प्रधिहरुसँगै दौडनुभएको थियो । 

    तिन दिने जिल्ला भ्रमणमा क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभयो । मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो । 

    १ अर्ब २२ करोड लागत अनुमान गरीएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने मन्त्री अथकले जानकारी दिनुभयो । आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पुर्वाधार निर्माणको काम तत्काल अगाडी बढाउन अथकले निर्देशन समेत दिए । 
     
    इसैबिच आफ्नो निर्वाचन क्षेत्रमा भएका बिभिन्न गतिविधिको अनुगमनकालागि राप्तीपारी तथा नरैनापुर पुग्नुभएका मन्त्री अथकलाई स्थानियहरुले भब्य स्वागत गरेका थिए । जिल्लाको तिन दिने बसाईका क्रममा मन्त्री अथकले बिभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनितिक कार्यक्रमहरुमा समेत सहभागीता जनाउनुभएको छ । उहाँ आज बेलुका काठमाण्डौं फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १३:०२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij