२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । युएईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको एक सहरमा रहेको saned facility mangemant llc कम्पनीले विभिन्न पदका लागि २५० जना पुरुष र १०० जना महिला गरी जम्मा ३५० जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ३५ हजार माथिदेखि ५१ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले अल जराफ ह्युमन रिसोर्स कन्सल्टेन्ट प्रा. लि.को कार्यालय सिनामंगल काठमाडौंमा मंसिर १३ र १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij