Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जाडोयाममा तौल घटाउनका लागि यी पाँच खानेकुरा खानुहोस्

जाडोयाममा तौल घटाउनका लागि यी पाँच खानेकुरा खानुहोस्


  • 5.7K
    Shares

    • images
    जाडोयाममा तौल घटाउनका लागि यी पाँच खानेकुरा  खानुहोस्
    images

    चिसो मौसममा शरीर सुस्त रहने भएकोले हाम्रो तौल अचानक बढ्ने गर्छ । हामीले यतिबेला खाने विभिन्न खानेकुराले पनि तौल बढाउन सहयोग गरिरहेको हुन्छ । यद्यपि, चिसो मौसममा केही खानेकुरा खाँदा तौल नियन्त्रणमा पनि रहन्छन् । यी खानेकुराले तपाईंको तौल घटाउँछ नै तपाईंको पेटको बोसोलाई पनि तीब्र रुपमा कम गर्छ ।

    गाजरः

    फाइबरले भरपुर गाजरलाई पचाउन शरीरका लागि सहज हुँदैन । त्यसैले यो खाँदा तपाईंलाई घण्टौंसम्म भोक लाग्दैन । स्वभाविक रुपमा यदि व्यक्तिलाई भोक लाग्दैन भने उनीहरुको तौल कम हुनु स्वभाविक हो । यस्तै, गाजरमा असाध्यै कम क्यालोरी हुन्छ र नन स्टार्की भएका कारण पनि यसले तौल बढाउँदैन ।

    चुकन्दरः

    बिटरुट अर्थात् चुकन्दरमा वेट लस फ्रेन्डली फाइबर पाइन्छ । सय ग्राम चुकन्दरमा ४३ क्यालोरी, ०.२ ग्राम फ्याट र १० ग्राम फ्याटको मात्रा हुन्छ । यी सबै पोषक तत्वले मानिसको तौल तीब्र रुपमा बढाउन जिम्मेवार हुन्छ ।

    दालचिनीः भान्साघरमा पाइने दालचिनीले पनि चिसो मौसममा तीब्र रुपमा तौल घटाउँछ । जर्नल अफ न्यूट्रिशिनल साइन्स एन्ड भिटामिनोलोजीका अनुसार दालचिनीमा पाइने सिनमोल्डेहाइड फ्याटले आन्द्राका तन्तुको मेटाबोलिजम सन्तुलित राख्छ । यसमा इन्सुलिन पनि नियन्त्रण रहन्छ । शरीरले जब सुगरलाई तीब्र रुपमा मेटाबोलाइज गर्छ तब मानिको तौल तीब्र रुपमा बढ्न थाल्छ ।

    मेथीः

    चिसो मौसममा मेथीको दाना तौल घटाउनका लागि कुनै गुणकारी औषधीभन्दा कम छैन । मेथीको दानाले रगतमा सुगरको स्तरलाई नियन्त्रित गर्ने गर्छ र इन्सुलिनको स्रावलाई बढाउने गर्छ । यसले तपाईंको मेटाबोलिजमलाई दुरुस्त राख्नुका साथै यसमा पाइने ग्लेक्टोमेननले भोक नियन्त्रण गर्न मद्दत गर्छ ।

    अम्बाः

    चिसो मौसममा पाइने स्वादिष्ट अम्बाले पनि घण्टौंसम्म भोक नियन्त्रण गर्न सक्छ । यसले तपाईंको शरीरका लागि आवश्यक फाइबरको दैनिक आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्न सक्छ । यो फल मानिसहरुको मेटाबोलिजमका लागि पनि निकै फाइदाजनक छ । राम्रो मेटाबोलिजमले मानिसको तौल घटाउन निकै मद्दत गर्छ ।

    पानीः

    चिसो मौसममा पानीको कमीले शरीरलाई डी–हाइड्रेट हुने खतरा बढी रहन्छ । डीहाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा नकारात्मक असर पर्छ । यो मौसममा तातो पानी वा हर्बल टीले तपाईंको शरीरलाई हाइड्रेट राख्ने काम त गर्छ नै यसले लामो समयसम्म भोक नियन्त्रण पनि गर्छ ।

    चिसो मौसममा पानीको कमीले शरीरलाई डी–हाइड्रेट हुने खतरा बढी रहन्छ । डीहाइड्रेशनका कारण मेटाबोलिजम सिस्टममा नकारात्मक असर पर्छ । यो मौसममा तातो पानी वा हर्बल टीले तपाईंको शरीरलाई हाइड्रेट राख्ने काम त गर्छ नै यसले लामो समयसम्म भोक नियन्त्रण पनि गर्छ ।

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १२:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij