Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यी ५ 'सुपर फूड' : जसले बढाउँछ इम्युनिटी पावर

यी ५ 'सुपर फूड' : जसले बढाउँछ इम्युनिटी पावर


  • 6.8K
    Shares

    • images
    यी ५ 'सुपर फूड' : जसले बढाउँछ इम्युनिटी पावर
    images

    खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमी आउँछ । 

    अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् ।

    खानपानमा विशेष ध्यान दिँदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार इम्युनिटी पावर बढाउनका लागि खानामा केही विशेष परिकार समावेश गर्नु उपयुक्त हुन्छ ।

    यी ७ चीज, जसले इम्यूनिटी पावर बढाउन सहयोग गर्छ

    रातो क्याप्सिकम
    रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक टुक्रा क्याप्सिकनमा  करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । जुन सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुन्छ । २०१७ मा नेशनल इन्स्टिच्यूट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार भिटामिन सी शरीरमा त्यी कोशिकाहरूलाई मजबूत बनाउँछ, जसले इम्युनिटी बढाउँछ । 

    ब्रोकाउली
    बोकाउलीमा भिटामिन सी अत्याधिक मात्रामा हुन्छ । आधा कप ब्रोकाउलीमा ४३ प्रतिशत भिटामिन सी हुन्छ । अमेरिकाको इएचई हेल्थका फिजिशियन डा. सीमा सरीनले भनेका छन्,‘ब्रोकाउलीमा फाइटोकेमिकल्स र एन्टीअक्सिडेन्टको मात्रा भरपूर हुन्छ जसले हाम्रो इम्यूनको मजबुत बनाउँछ । 

    चना
    चनामा प्रोटिन  अत्याधिक हुन्छ ।  एकेडेमी अफ न्यूट्रिसन एण्ड डाइटेटिक्सका अनसार चनाले एन्जाइमलाई सन्तुलनमा राख्छ, जसबाट हाम्रो शरीरले ठीक तरिकाले काम गर्न सक्छ ।  डाइटिशियन एमिली वन्डरका अनुसार चनामा प्रचुर मात्रामा जिंक पाइन्छ जसले इम्यून सिस्टम र इम्यून रेस्पोन्सलाई नियन्त्रणमा राख्न सक्छ ।  

    लसुन
    लसुन खाँदामा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै लाभदायक हुने विज्ञहरू बताउँछन् । लसुनको सेवनले  उच्च रक्तचाप तथा मुटुरोगको खतरा कम गराउँछ । यस्तै यसमा पाइने सल्फर यौगिकका कारण संक्रमणबाट लड्ने क्षमतामा वृद्धि हुन्छ । लसुनको सेवनले इम्यूनिटी समेत बढ्दछ ।  

    च्याउ
    च्याउ भिटामिन डीको स्रोतहरूमध्ये एक हो । च्याउको सेवनले क्याल्शियम बढाउँछ जसले हड्डीलाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ । साथसाथै यसले इम्यूनिटी पावर बढाउनमा सहयोग गर्छ । 

    पालक

    पालकमा भिटामिन सी र एन्टीअक्सिडेन्ट्स अत्याधिक मात्रामा हुन्छ । जसले हाम्रो शरीरमा रहेको कोशिकाहरूलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ । पालकमा भिटा क्यारोटिन समेत पाइन्छ, जुुन भिटामिन एको मुख्य स्रोत हो । भिटामिन ए ले इम्यून फंक्शनको सही ढंगले चलाउनका लागि सहयोग गर्छ ।  

    दही
    दही प्रोबायोटिक्सको सबैभन्दा राम्रो स्रोत हो ।  यसमा भएको ब्याक्टेरियाले पाचन प्रणाली तथा इम्यून सिस्टमलाई सही राख्दछ । केही अध्ययनहका अनुसार दहीको सेबनले प्रोबायोटिक्सको सामान्य रुघाखोकी तथा इन्फ्लूएन्जाजस्ता संक्रमणसँग पनि प्रभावकारी ढंगले लड्दछ ।  

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १६:३८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij