Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको अनिवार्य व्यवस्था गर्न माग

महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको अनिवार्य व्यवस्था गर्न माग


  • 3.2K
    Shares

    महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको अनिवार्य व्यवस्था गर्न माग
    images

     काठमाडौँ । अन्तरपार्टी महिला सञ्जालले हरेक राजनीतिक दलमा महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको व्यवस्था अनिवार्य गर्न माग गरेको छ । सञ्जालले निर्वाचन ऐन एवं नेपालको संविधानको पूर्णरुपमा पालना गर्न सम्पूर्ण दलको ध्यानाकर्षण गराएको छ ।

    सञ्जालका अध्यक्ष कल्याणी रिजालले आज विज्ञप्ति जारी गर्दै यतिखेर मुलुकका प्रमुख राजनीतिक दलको महाधिवेशन निकट आइरहेको सन्दर्भमा महिलाका सवाल सिङ्गो समाज र राष्ट्रका सवाल भएको उल्लेख गरेको छ । लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध, समुन्नत र समतामूलक समाज निर्माण गर्न महिलालाई राजनीतिक दल र राज्य संरचनाका हरेक नीति निर्माण गर्ने थलोमा पु¥याउन अनिवार्य शर्त भएको विज्ञप्तिमा उल्लेख छ ।

    संविधानको प्रस्तावना, मौलिक हकको मूल मर्म र भावनाअनुरुप राजनीतिक दल तथा राज्यका सम्पूर्ण निकायमा समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा सहभागिता गराइनु वाञ्छनीय हुने सञ्जालले जनाएको छ । लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यका नीति निर्माण र कार्यान्वयन गर्ने कार्यमा राजनीतिक दलको भूमिका नै महत्वपूर्ण र निर्णायक हुने उल्लेख गर्दै अध्यक्ष रिजालले महिलालाई नीति निर्माण र कार्यान्वयनको अभियानमा सरिक नगराई सिङ्गो रष्ट्र निर्माणको काम पूरा हुन नसक्ने बताए । 

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १६:२१:१८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij