२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी मासिक पारिश्रमिक नपाएपछि डेढ वर्षदेखि आन्दोलित छन् ।
विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं. २१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
पारिश्रमिक उपलब्ध नगराउने स्थानीय तहमा सुनसरीकाे इनरूवा नगरपालिका, गाेरखाकाे भीमसेन, अजिरकाेट गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, रौतहटको गढीमाई नगरपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिका रहेका छन् । यी बाहेक अरू पनि पालिकाले पनि पारिश्रमिक दिएका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij