Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते


  • 3.9K
    Shares

    रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते

    रोल्पामा सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।

    दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

    बसमा १८–२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - २०:१६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij