Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पीडित पत्रकार नन्द ऐडीका लागि कलेजो र मिर्गौला सहयोग संकलन

पीडित पत्रकार नन्द ऐडीका लागि कलेजो र मिर्गौला सहयोग संकलन


  • 5.6K
    Shares

    पीडित पत्रकार नन्द ऐडीका लागि कलेजो र मिर्गौला  सहयोग संकलन
    images

    सिमकोट। हाल काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार नन्द ऐडीका लागि हुम्लामा सहयोग संङ्कलन गरिएको छ। पत्रकार महासंघ हुम्ला शाखाको अगुवाइमा उक्त सहयोग संङ्कलन गरिएको हो।

    पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले पत्रकार ऐडीको उपचारमा सहज होस् भनेर सहयोग संकलन गरिएको जानकारी दिए। उनले महासंघको अगुवाइमा १ लाख ९ हजार ५७० रुपैयाँ नगद संकलन भएको बताए।

    संकलित रकमबाट पीडित पत्रकारका लागि उपचारमा सहयोग पुग्ने विश्वास महासंघको छ। संकलित रकम महासंघले उनका आफन्तलाई हस्तान्तरण गरेको छ।

    महासंघ हुम्ला शाखामा आवद्ध ऐडी दुई हप्तादेखि उपचाररत छन्। हाल उनको आईसीयुमा उपचार भइरहेको छ। उनी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ को फुचा गाउँका स्थायी बासिन्दा हुन्।

    पत्रकार ऐडीकी श्रीमती बबिता बुढाले उनको कलेजो फेर्नु पर्ने र त्यसका लागि ४० देखि ४५ लाख खर्च लाग्ने चिकित्सकले जानकारी गराएको बताइन्। न्यून आयश्रोत भएका ऐडीको उपचारमा सहयोग जुटाइदिन सरोकारवाला निकायलाई उनका आफन्तले आग्रह गरेका छन्।

    यसअघि महासंघ हुम्ला शाखाको बैठकले बिरामी ऐडीको सहयोगका लागि जिल्लामा सहयोग संकलन गर्ने, महासंघको प्रदेश र केन्द्रलाई उपचारमा सहयोग जुटाउनका लागि पहल गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १७:०३:३४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij