Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ज्योति लाईफको जीबन बीमा कोष शत प्रतिशतले बृद्धी भइ रु.४.५५ अर्ब कायम

ज्योति लाईफको जीबन बीमा कोष शत प्रतिशतले बृद्धी भइ रु.४.५५ अर्ब कायम


  • 4.3K
    Shares

    ज्योति लाईफको जीबन बीमा कोष शत प्रतिशतले बृद्धी भइ रु.४.५५ अर्ब कायम

    सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधादिने नेपालको एक मात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको ज्योति लाइफ इन्स्योरेन्सले चालु आ.व. ०७८/७९ को पहिलो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

    उक्त वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आ.व.को पहिलो त्रयमासमा कुल बीमा शुल्कमा ५० प्रतिशतले वृद्धी भइ रु. ८१.७८ करोड आर्जन गरी कुललगानी रकममा ८२ प्रतिशत ले वृद्धीगरेको छ भने खुद नाफामा २८ प्रतिशतले वृद्धी गर्दै रु. ९.२३ करोड नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धी भइ रु.६६.१० करोड कायम हुन गएको देखिन्छ भने जीवन बीमा कोषमा १०१ प्रतिशतले वृद्घी भइ रु. ४.५५ अर्ब कायमगर्न कम्पनी सफल भएकोे देखिन्छ ।

    जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बीमा कोषलाइ लिइन्छ जसको कारणले बीमितहरुले पाउने बोनस दरमा समेत सकारात्मक प्रभाव पार्नेछ ।

    33x25cm (200cc)1st Quaterly report nov 2021 _Final.pdf :To download file click here

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - ११:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij