२०८२ मंसिर ७ गते आइतवार
जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई बर्खास्त गरेका हुन् ।
रायलाई राजीनामा दिन गत सातानै निर्देशन दिएका थिए । तर, उनले राजीनामा नदिएपछि बर्खास्त गरिएको हो । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij